नेपालमा २८ हजार ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप | Khabarhub Khabarhub

नेपालमा २८ हजार ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २८ हजार ७ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’  २८ हजार ७३२ जनाले लगाएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : ३० बजे

क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गर्दै माइतीघर मण्डलमा स्वतन्त्र

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा

दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर

काठमाडौं– दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा