ओलीको 'निरंकुशता' छिट्टै अन्त्य गर्छौं : प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीको ‘निरंकुशता’ छिट्टै अन्त्य गर्छौं : प्रचण्ड (भिडियोसहित)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘निरंकुश’ बन्दा देशमा संकट आइपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेकपा ‘दाहाल-नेपाल’ समूहले बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली निरंकुशताको छिट्टै अन्त्य गर्ने बताए ।

उनले प्रधानमन्त्रीको स्वेच्छाचारिता केही महिनाभित्र अन्त्य हुने दाबी गर्दै लोकतन्त्रको ‘हत्या’ गरेर ओली श्री ३ बन्न खोजेको समेत आरोप लगाए ।

उनले ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताए ।

हेरौँ भिडियो

‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे ।

‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं,’ उनले भने, ‘विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा विरोध सभा आयोजना गरिएको थियो ।

सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले प्रतिनिधि सभा पुन:स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : २२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम