पौडेल पक्षीय बोहरा कांग्रेस दार्चुला सभापतिमा पुन: निर्वाचित | Khabarhub Khabarhub

पौडेल पक्षीय बोहरा कांग्रेस दार्चुला सभापतिमा पुन: निर्वाचित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । कांग्रेसको सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बोहरा दोस्रो पटक जिल्ला सभापति बनेका हुन् । कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए । २७ मत बदर भएको छ ।

उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् । सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन् ।

सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित भएका छन् ।

कांग्रेस दार्चुलाको ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : १५ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक