सवारी दुर्घटनामा एकको मृत्यु, चार जना घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु, चार जना घाइते


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : २६ बजे

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण