साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने  « Khabarhub

साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने 


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको साउदी अरबले नेपालीलगायत अन्य आप्रवासी कामदारले साउदी प्रवेश गरेको एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।

साउदी अरबको मानव संसाधन तथा समाज विकास मन्त्रालयले आप्रवासी कामदारहरूलाई करार अवधि पुरा भएपछि साबिकको रोजगारदाताको स्वीकृति नलिएरै तथा साउदी प्रवेशको पहिलो एक वर्षभित्रै पनि रोजगारदाता कम्पनीले स्वीकृति दिएमा नयाँ रोजगारदाता परिवर्तन गर्न पाउने गरी नयाँ श्रम कानुन संशोधन गरी स्वीकृति गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

साउदीले श्रम कानुन सुधार्दै २०२१ को मार्चदेखि नै रोजगारदाता कम्पनी परिवर्तन तथा रोजगारदाताको अनुमति विना देश छोड्ने भिसा (एक्जिट भिसा) पाउने अनुमति दिइसकेको छ ।

साउदीले श्रम बजारमा श्रमिकलाई आकर्षित गर्न करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ ।

नयाँ श्रम कानुन संशोधन स्वीकृति प्रदान गरिएसँगै त्यहाँ कार्यरत नेपाली लगायत लाखौँ विदेशी श्रमिक लाभान्वित हुने भएका छन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ५९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल