साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर  | Khabarhub Khabarhub

साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर 


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ ।

नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ । सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो ।

जग्गा खरिदसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट दूतावासका कार्यवाहक राजदूत दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रियाद सिटीका प्रमुख कार्यकारी अधिकृत फहद अब्दुल मोहसेन अल-रशीदले हस्ताक्षर गरेका छन् ।

दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३ हजार ६ सय ६४ वर्गमिटर रहेको नेपाली दूतावासले जनाएको छ । खरिद गरेको जग्गामा ५ वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

नेपाल सरकारले खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ५१ बजे

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ। बैठक

आज अक्षय तृतीया 

काठमाडौँ– वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार