भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला | Khabarhub Khabarhub

भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच भारतमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । नेपाली सेनाले सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । भारतको पिथौरागढमा जारी सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् ।

अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, प्रविधि र प्रक्रियाहरूबारे पनि जानकारी लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत मंगलबार १५ दिने अभ्यास सुरु भएको हो । त्यसक्रममा त्यसबाहेक मानवीय सहायता र विपद् राहत, उच्च भूभाग अनि जङ्गलमा हुने युद्ध लगायतका विषयवस्तुहरूमा पनि प्राज्ञिक छलफल हुने छ ।

सूर्यकिरण नाम दिइएको यो यो गण तहको अभ्यास हो। नेपालबाट ३०० र भारतबाट ३५० सैन्य जवानहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ४८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र