कोरोना संक्रमण घटेको मौकामा दशैँअघि नै पढाउने रहर ! | Khabarhub Khabarhub

कोरोना संक्रमण घटेको मौकामा दशैँअघि नै पढाउने रहर !


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञहरू भन्छन्– कोरोना भाइरसको संक्रमण कम भएको हो, अन्त्य भएको होइन, जोखिम कायमै छ ।

नेपालमा खोपको उपलव्धता बढ्दै गए पनि हालसम्म १८ वर्षमुनिको उमेर समूहका लागि खोप उपलब्ध छैन ।

संक्रमण घटदै गएपछि नेपाल सरकारले लकडाउन खुकुलो गर्दै अन्त्य गरेको छ । लकडाउनमा बन्द भएका धेरै जसो विद्यालय खुलेका छन् । केही विद्यालय खुल्ने क्रममा छन् ।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएपछि भौतिक उपस्थितिमा धमाधम पढाइ हुन थालेको छ । बढी जनघनत्वका कारणले सिङ्गो काठमाडौँ उपत्यका बढी जोखिममा छ, काठमामडौँ महानगर झन् बढी जोखिममा छ ।

काठमाडौँ लगायत शहरी क्षेत्रका अधिकांश विद्यालय भौतिक उपस्थितिमै सञ्चालन हुन थालेका छन् ।

कुनै स्थानीय तहले विद्यालय खोल्ने र कुनैले नखोल्ने, कुनै विद्यालय खुल्ने र कुनै नखुल्ने हुँदा स्थानीय तहहरू विद्यालय खोल्नुपर्ने दबाबमा रहेको काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका एक कर्मचारीको भनाइ छ ।

चाडबाड नजिकिएसँगै मानिसहरूको चलहपहल बढेको छ । कोरोना संक्रमणको नयाँ भरिएन्ट आउनसक्ने चेतावनी पनि विज्ञहरूले दिँदै आएका छन् । दशैँ लागायत चाडपर्व नजिकिएको समयमा विद्यालय खुल्न थालेपछि पक्ष र विपक्षमा अवधारणाहरू रहेका छन् ।

केहीले लामो समयदेखि विद्यालय बन्द रहेकाले तत्काल खोलेर पढाइ अघि बढाउनुपर्छ भनेका छन् भने केहीले दशैँ–तिहारपछिको अवस्था हेरेर मात्र खोल्नु उचित हुन्छ भनेका छन् ।

शिक्षणसंस्थाहरू घटस्थापनादेखि बिदा रहन्छन् । शहरी क्षेत्रका अधिकांश विद्यालय घटस्थापनापछि सामान्यतया तिहारपछि मात्रै खुल्छन् । घटस्थापनादेखि बिदा हुँदा विद्यालयहरू १० वा १५ दिन पढाउन खुलेका छन् ।

केही विद्यालयहरू सप्तमीदेखि मात्रै बिदा गर्ने तयारीमा छन् । यसो हुँदा थप चार दिन पढाइ हुनेछ । दशैँमा बिदा भएका धेरै जसो विद्यालय छठपछि मात्रै खुल्छन् ।

काठमाडौँका विद्यालयमा पढ्ने विद्यार्थीहरूको एक हिस्सा मोफसलका स्थायी बासिन्दा छन् । यस्ता कतिपय विद्यार्थीहरू लकडाउनको समयमा घरमै छन् । यस्ता विद्यार्थीहरू १०–१५ दिन पढ्न विद्यालय उपस्थित हुनुपर्छ वा उनीहरूले पढाइ छुटाउनु पर्छ ।

नेपाल अभिभावक महासंघले दशैँपछि मात्र विद्यालय सञ्चालन गर्न सुझाव दिँदै आएको छ । शहरी क्षेत्रका विद्यालय दशैँपछि र स्मार्ट लकडाउन अनुसार रेडजोनमा रहेका स्थानीय तहका विद्यालयहरू कोरोना संक्रमणको जोखिम घटेपछि मात्र खोल्नुपर्ने महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ ।

उनले खबरहबसँग भने, ‘लकडाउनको समय गाउँ गएका प्रायः बालबालिकाहरू दशैँपछि मात्र आउँछन् र त्यसपछि भौतिक उपस्थितिमा पढाउँदा उनीहरूको पनि पढाइ छुट्ने सम्भावना हुँदैन ।’

काठमाडौँको त्रिपुरेश्वर स्थित विश्वनिकेतन माध्यमिक विद्यालय भने छठपछि मात्रै खुल्ने भएको छ । प्रधानाध्यापक हेरम्बराज कँडेल विद्यालय खुलेको दुई सातामै दशैँ बिदा दिनुपर्ने भएकाले तत्काल नखोल्ने निर्णय गरेको बताए ।

उनले विद्यालय तहमा पढ्ने अधिकांश विद्यार्थी १८ वर्ष मुनिका हुने भएकाले र खोप नलगाएका कारण उनीहरू संक्रमणको उच्च जोखिममा रहेको बताए । चाडपर्वको समयमा बढी भिडभाड हुने भएकाले पनि विद्यालय खोल्दा संक्रमण बढ्न सक्ने जोखिम रहेको उनको भनाइ छ ।

ताहाचल स्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले पनि दशैँपछि मात्र विद्यालय खोल्ने बताए । उनका अनुसार दशैँअघिसम्म वैकल्पिक माध्यमबाटै पढाइ हुनेछ ।

विद्यार्थी संख्या धेरै भएका विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन कठिन हुने भएकाले पनि तत्काल विद्यालय नखोल्ने उनले बताए । उनले भने, ‘साना विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्डभित्र राख्नै सकिँदैन ।’

निजी विद्यालयहरूका कारणले पनि थोरै दिनका लागि दशैँअघि सामुदायिक विद्यालय पनि जोखिम उठाउन बाध्य भएको कतिपयको बुझाइ छ ।

बालबालिका जोखिममा छन् : डा. पुन

कोरोना भाइरस विरूद्धको खोप नलगाएकाले पनि १८ वर्षमुनिका बालबालिका जोखिममा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

पहिलो लहरको कोरोना संक्रमणको तुलनामा दोस्रो लहरमा संक्रमित हुने बालबालिकाको संख्या धेरै रहेकाले पनि उनीहरू जोखिममा छन् भन्ने कुराको पुष्टि गरेको उनले बताए ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : १० बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले