बुद्ध एयरले भन्यो : ल्याण्डिङ गियरको इन्डिकेटरले काम गरेन | Khabarhub Khabarhub

बुद्ध एयरले भन्यो : ल्याण्डिङ गियरको इन्डिकेटरले काम गरेन


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको विषयमा बुद्ध एयरले औपचारिक धारणा सार्वजनिक गरेको छ ।

सोमबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान त्यहाँ अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँमा नर्मल अवतरण गरेको सो विमानमा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै उसले ल्याण्डिङ गियर झरेको संकेत दिने दुईवटा इन्डिकेटर हुने र त्यसमध्ये एउटाले संकेत नदिएपछि विमान विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्काइएको जनाएको छ । सुरक्षित हवाई निर्देशिका अनुसार नै विमान काठमाडौँ फर्काइएको र इन्धन सक्न आकाशमा फन्को मारेको बताएको छ ।

काठमाडौँमा अवतरण गर्दा ल्याडिङ गियर झरेको यकिन गरिएकोसमेत बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : १८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम