साझा अवधारणाको विकास गर्न क्वाडसँग सूचना स्रोत छ | Khabarhub Khabarhub

साझा अवधारणाको विकास गर्न क्वाडसँग सूचना स्रोत छ



डा. एर्नेस्ट गुणशेखर–रकवेल ‘जर्नल अफ इन्डो प्यासिफिक एफेयर्स’ का एडिटर इन चिफ तथा कन्सोर्टियम अफ इन्डो प्यासिफिक रिसर्चरका निर्देशक हुन् । जर्नलमा आबद्ध हुनुअघि उनी एयर युनिभर्सिटी प्रेसमा कार्यकारी निर्देशक तथा मेनेनिङ एडिटर थिए र एयर फोर्स रिसर्च इन्स्टिच्युटका कार्यकारी डीन थिए ।

शुरूमा अमेरिकी सेनामा ह्युमन इन्टेलिजेन्स कलेक्टर र कोरियाली भाषाविद्को रूपमा उनले सेवा गरेका थिए । उनले संयुक्त राज्य अमेरिकाको उच्च शिक्षाका विभिन्न इन्स्टिच्युटहरूमा काम गरे र डिफेन्स ल्याङ्ग्वेज इन्स्टिच्युट–फरेन ल्याङग्वेज सेन्टरको प्राविधिक एकीकरण विभागमा सहायक प्राध्यापक भए ।

खबरहबका स्ट्राटेजिक एडिटर डा. प्रमोद जायसवालले डा. एर्नेस्ट गुणशेखर –रकवेलसँग अमेरिकी ग्रान्ड स्ट्राटेजी, क्वाड, इन्डो प्यासिफिक रणनीति, अमेरिकाले छाडेपछिको अफगानिस्तानको भविष्य, ट्रान्स–प्यासिफिक पार्टनरसिपमा अमेरिकी अडान लगायत विषयमा संवाद गरेका छन् । उक्त लामो संवादको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

अहिले क्वाडका बारेमा बहस भइरहेको छ, चाहे त्यो सेक्युरिटी एलाइन्सको विषयमा होओस् (प्रायः एसियाली नाटो भनेर बुझिन्छ) या इन्डो प्यासिफिक क्षेत्रमा विकसित मुद्दामा समान दृष्टि भएका साझेदारहरूको समूह होओस्, तपाईंको विचारमा क्वाड के हो ? यो किन आवश्यक छ ?

पक्कै पनि अहिले क्वाडको धेरै बयानबाजी भएको छ । चाहे त्यो क्यामराको सामु होओस् या बन्द ढोकाभित्र होओस् ।

हामी बाहिर रहेकाका लागि त्यहाँ के सम्झौता भएको छ भनेर थाहा पाउन धेरै कठिन कुरा हो । तर, केही फोटो खिच्ने, संयुक्त सैन्य अभ्यास बढाउने र कूटनीतिक पोस्चरिङ बाहेक खासै धेरै केही भएको देखिँदैन ।

वार्तासँगै क्वाडलाई संस्थागत गर्दै लैजान पनि जरुरी छ । संस्थागत नभई वार्तामात्र भइरहनु काम विनाको गफमात्र गरिरहनुजस्तो हो ।

चीनले यस क्षेत्रमा गरिरहेको सबै कुरालाई गफ गरेरमात्र रोक्न सकिँदैन र क्वाड चीनलाई रोक्नका लागि भएको मानिन्छ । यदि हामी क्वाडको पछिल्लो बैठकमा गयौँ भने चीनको कुरा कहाँ गरिएको छ ? कहीँ पनि छैन ।

निश्चय पनि यो एउटा मात्र स्वरूपको कुरा पक्कै होइन । त्यहाँ कुरा गर्नुपर्ने अन्य विषयहरू पनि छन् । तीमध्ये केही व्यापारका कुरा छन् । चीनका विरुद्धमा मात्र होइन यो क्षेत्रमा रहेका आन्तरिक आतंककारीसहित अन्य विरोधीहरूको धम्कीका कारण एकीकृत कूटनीति र शायद यसका विरुद्धमा सैन्य पनि अगाडि राख्नुपर्ने हुन्छ ।

दुर्भाग्यवश, अहिलेसम्मको वार्तामा यसको विकास भएको देखिएको छैन । पक्कै पनि क्षितिजमा वार्ता भइरहेको छ । धेरै गफ भएको छ, काम त्यति धेरै भएको छैन ।

डिमे (डीआईएमई) को रूपमा समेत बुझिने शक्तिका चार दायरा डिप्लोमेसी, इन्फरमेसन, मिलिटरी र अर्थतन्त्रको आधारमा क्वाडमा सम्भावना र सीमाहरू के के हुन् ?

यी चार वटै क्षेत्रमा प्रशस्त सम्भावना छन् । कूटनीतिक रूपमा क्वाड र क्वाडमा रहने सम्भावना रहेका देशहरूले अहिले इन्डो प्यासिफिक क्षेत्रमा भइरहेक धेरै पहलहरूको संश्लेषण गर्ने क्षमता राख्छन् । यसमा खुला सुरक्षा र बन्देजरहित इन्डो प्यासिफिकको कुरा पनि समावेश हुन सक्छ ।

यसमा भारतको ‘याक्ट इस्ट पोलिसी’, अस्ट्रेलियाको ‘प्यासिफिक स्टेप अप’ र जापानको ‘फ्री एन्ड ओपन इन्डो प्यासिफिक स्ट्रेटेजी’ लाई सँगै ल्याउने कुरा पनि समावेश हुन सक्छ ।

सूचनाको हकमा क्वाडसँग स्रोतहरूको सानदार सरणी छ । जो हाम्रो साझा चासोको विषय उजागर गर्न उपयोग हुन्छ । साथै यसले धोकायुक्त गलत सूचना र बेइजिङबाट निस्कने गलत सूचनालाई चुनौती दिन पनि सक्नेछ ।

सैन्य शक्तिको हकमा क्वाड यो संरचनाका समर्थक नरहेकाबाट धेरै पछाडि धकेलिएको छ । तर, नाटोसँग समान नभए पनि नजिक रहेको सुरक्षा गठबन्धन तयार रहेको कारण त्यहाँ फाइदा छ ।

अवश्य पनि, तिनीहरू भिन्न क्षेत्रका थिए र केही भिन्न चासोका पनि थिए । यस कारण नाटोबाट पाएको शिक्षालाई नयाँ इन्डो प्यासिफिक ट्रिटी अर्गनाइजेसनको डिजाइन गर्न प्रयोग गर्नुपर्छ । या यसलाई हामी जेसुकै भनौँ ।

पहिलो चरणमा म पहिलेको दक्षिण पूर्वी एसियाली ट्रिटी अर्गनाइजेसनको अवधारणा पुनः प्रयोगमा लागि ५० देखि ७० को दशकमा फर्कनु पर्छ भन्ने कुरामा जोड दिन चाहन्छु । यो पूर्ण थिएन र अहिले क्वाड राष्ट्रले राखेको लक्ष्य यसले राखेको थिएन तर यसका केही भाषा भने त्यहाँ थिए ।

क्वाडमा सैन्य एकतामा भने चुनौती छन् तैपनि भारत निरन्तर सोभियत रुस निर्मित हतियार संरचनामै भर परेको छ । जसमा अन्य क्वाड राष्ट्रले प्रयोग गर्ने पश्चिमी शैलीसँग अन्तक्र्रियाशीलता लागि केही खाडल रहेको छ ।

मेरा एक सहकर्मीले एक प्रस्तुतिमा उल्लेख गरे कि यदि जापानी जहाजमा अस्ट्रेलियन अफिसर राख्यो भने सबै ठिक हुन सक्छ । उनीहरू एक आपसमा राम्रोसँग एकीकृत हुन र आफ्नो कुरा राख्न सक्न सक्छन् किनभने त्यहाँको सञ्चालन गर्ने तरिका एउटै छ । जापानी या अमेरिकी जहाजको पुलमा भारतीय अफिसर राख्यो भने यस्तो हुँदैन ।

त्यहाँ ठुलो व्यावसायिक सैनिक शिक्षा हुन जरुरी छ र तपाईं मान्नुहोस् कि प्रशिक्षण कायक्रमले मात्र पनि सबै क्वाड सदस्यलाई अझ गहिरो गरी एक ठाउँमा उभ्याउँछ । हामीले क्वाड देशहरूको बीचमा क्रस–प्रशिक्षण र क्रस–शिक्षाका कार्यक्रम प्रोत्साहन गर्नु पर्छ ।

आर्थिक दायराको कुरा गर्दा, हामीले भिन्न कुरा दिएको र यदाकदा चार राष्ट्रबाट प्रतिस्पर्धात्मक आर्थिक कार्यक्रम भएको पनि पाएका छौँ । यसका साथै क्वाड संस्थागत हुँदा यसले अन्य कार्यक्रमका लागि क्वाड सदस्यहरूलाई एकीकरणमा पनि लैजान्थ्यो । जसले अनावश्यक कुरा घटाउँथ्यो, पैसाको बचत गथ्र्यो र क्षेत्रीय चुनौती पार गर्न राम्रो लक्ष्य निर्धारण हुन्थ्यो ।

यसले चीनको बीआरआईको काउन्टरमा काम लाग्ने गरी पहल गर्न संकल्प प्रस्ताव पनि प्रस्तुत गथ्र्यो । अहिले, अमेरिकाले ब्लु डट नेटवर्कलाई धकेलिरहेको पाएका छौँ । उदाहरणका लागि, जापानले आफ्ना निश्चित प्याकेजलाई धकेलिरहेको छ, भारतले यसका छिमेकीबाट निश्चित कुरा चाहेको छ र अस्ट्रेलियाले केही टापु राष्ट्रका लागि आर्थिक प्याकेजको चाहना राख्दै प्यासिफिकमा पाइला चालेको छ ।

यदि हामीले क्वाडको पहलमा यी सबै कुरा जोड्न सक्यौँ भने हामीले हाम्रो स्रोत राम्रोसँग उपयोग गर्न सक्छौँ र सम्भवतः हामीले लगानीको राम्रो प्रतिफल पाउँछौ ।

साथै, यो सहयात्री देश र त्यस्तै सोचाइ भएका तेस्रो पक्षका देशलाई चीनको आपूर्ति चेनबाट बाहिर निकाल्ने माध्यम पनि हुन सक्छ । यसले साँच्चै राम्रो आर्थिक प्रभाव देखाउँथ्यो र चीनलाई देखाउँथ्यो कि तिमी अन्तर्राष्ट्रिय मूल्य र अन्तर्राष्ट्रिय कानून अनुसार चल्दैनौ भने त्यसले असर गर्न सक्छ ।

यसले सबै कुरा सही बाटोमा जान सक्थ्यो किनभने समृद्धि गुमाएकै कारण चिनियाँ शासनमा केही परिवर्तन आउन सक्थ्यो । तिनीहरू त्यो बेइजिङका बारे जानकार पनि छन् ।

अमेरिका, अस्ट्रेलिया, जापान र भारतको आकांक्षा र उद्देश्य कति समानान्तर छन् भन्ने कुरा कहिले आउँछ ?

म समानान्तरभन्दा बढी कुरा भन्न चाहन्छु, भिन्न सदस्यका आकांक्षा र उद्देश्यहरू बढी पूरक हुन्छन् । अवश्य पनि, हाम्रा हरेक सदस्यले समयमा आफूलाई निरीक्षण गर्छन् ।

यहाँ हामीले भोगिरहेका केही सामाजिक मुद्दा छन् । हरेकले कोभिड–१९ को सामना गरिरहेका छौँ, जापानको घरेलु मामला पनि छ । भारतमा काश्मीर विवाद र कोभिड नियन्त्रणमा मोदी असफल भएको आरोप र अस्ट्रेलियामा पनि त्यसै खालका केही छन् ।

यी कुराहरू भइरहँदा कहिलेकाहीँ विदेशी नीतिबाट ध्यान टुट्छ । यो घटनामा म अन्य क्वाड राष्ट्रको कुरा गर्न चाहन्न । तर,म तपाईंलाई भन्न सक्छु कि अमेरिकामा धेरै जनाको जमात हाम्रो विदेश मामला के भन्ने कुरा थाहा नपाएरै खुसी छन् र यो राम्रो कुरा होइन ।

जहाँसम्म, इन्डो प्यासिफिक क्षेत्रमा विदेश नीतिको कुरा र सैन्य गस्ती र अन्तर्राष्ट्रिय आतंककारीको सामना गर्ने कुरा छ, यी सबै मामलामा हामी आफैँ ध्यान दिन सक्षम छौँ । हामी आफैँ या सहयोगीसँग मिलेर यी पूरक पथहरूमा अक्षुण्ण रहन्छौँ र यसले इन्डो प्यासिफिक अन्य उपक्षेत्रमा यसै गर्न र आवश्यक परेको समयमा सहयोग गर्न स्वतन्त्र छाडेको छ ।

उदाहरणका लागि, जापान र चीनको जस्तो भारतको साउथ चाइना सीमा चासो छैन । जहाँसम्म, भारतीय महासागरसँग जोडिएका मामलामा नयाँ दिल्लीको चासो धेरै छ । यो कम महत्वको र कहिलेकाहीँ टोक्यो र वासिङ्टनमा तृतीयक रुचि बन्छ ।

वासिङ्टन डिसीमा आयोजना हुन सक्ने सम्भावना रहेको क्वाड समिटमा अमेरिकाले के अपेक्षा गरेको छ ? समिटबाट के उपलब्धि पाउने अनुमान गर्न सकिन्छ ?

इमानदारी साथ भन्ने हो भने यसको जवाफ दिन म सबैभन्दा उपयुक्त पात्र नहुन सक्छु । यो विषयमा वस्तुगत हुन धेरै कठिन छ । मेरो विचारमा वर्तमान प्रशासनले यो क्षेत्रमा सामान्य सुझबुझ देखाएको छ ।

ओबामा प्रशासनले थुप्रै टिम सदस्य तथा भेट्रानको ड्राफ्ट बनाएजस्तै गर्नुको साटो के सम्झनु आवश्यक छ भने अहिलेको टिमका प्रमुख पात्रहरू उही नै हुन् जसले सङ्गठित रूपमै ओबामा प्रशासनलाई एसियालाई सही दिशामा लैजान असफल बनाएका थिए ।

त्यसकारण प्रश्न यो हो कि यहाँ पहिलो रोजाइको टोली हो या होइन । तिनीहरूले राम्रो खेल खेल्ने कुरा गरे तर राम्रो नतिजा दिलाउन सकेनन् ।

पहिलो कुरा, यो आर्थिक धरातलमा आधारित छ भन्ने मानौँ । यी देशहरूको अमेरिकासँगको व्यापारिक सहयात्रा धेरै टाढा र नगण्य मात्राको छ । सैन्य सामान र चन्दा दिइएको कृषि सामग्रीका अलावा ती देशमा अमेरिकी सामानका लागि बजार छैनन् ।

दोस्रो, अफगानिस्तान फेरि तालिवानीस्तान बन्ने क्रममा छ । यो अवस्थाबाट गुमनाम भएकाले वर्तमान प्रशासनलाई धन्यवाद दिनु पर्छ । फेरि पनि बारम्बार हरेक प्रशासनले यस क्षेत्रमा यस्तो घटना हुनुमा पाकिस्तानलाई हलुकोसँग लिएको छ ।

अफगानिस्तानको लडाइँको अवधिमा र त्यो भन्दा पनि कुनै सूचना वा इन्टेलिजेन्स हामीले पाकिस्तानलाई दिएनौँ कि आईएसआईले त्यहाँ घेरिएको छ र यसले तालिवानलाई बचाइरहेको छ ।

म साँच्चै सोच्छु कि शायद यो क्वाड समिटबाट एकदमै धेरै अपेक्षा गर्नु बुद्धिमानी नहुन सक्छ । यो केवल फोटो खिचाउने, हात मिलाउने र अन्त्यमा खालि गफ गर्ने हुन सक्छ । यो अफगानिस्तानमा भएको प्रजातान्त्रिकीकरण राजको पतनको छायामा पर्नेछ ।

अहिले हामीले यो सबैमा हात झिकेका छौँ । सुरक्षाको ग्यारेन्टीकर्ता र विश्वसनीयताको रूपमा हामीलाई के भन्न सकिन्छ ?

मलाई लाग्छ, यसले डरलाग्दो कुरा भनी रहेको छ । यस किसिमका चासोहरू क्वाड समिटमा छलफल गर्नु व्यावहारिक हुनेछ । यदि, यी कुरा ल्याइयो भने सम्भवतः पूरा समिट नै निर्धारित भएभन्दा बाहिर जान सक्छ । यसकारण म क्वाड समिटबाट केही उत्पादनमूलक कुरा बाहिर आउनेमा कमै आशावादी छु ।

यस क्षेत्रमा जहाज उडानको स्वतन्त्रता र यहाँ माथिको उडानलाई व्यवस्थित गर्न के के चुनौतीहरू छन् ? कानुनमा आधारित समुद्री विवादको समाधान गर्ने व्यावहारिक विकल्पहरू के के हुन सक्छन् ?

चिनियाँ एयर क्राफ्ट र नौसेना जहाजले दिएको चुनौती फ्रिडम अफ नेभिगेसन अपरेसन (फेनोप्स) र ओभर–फ्लाइट अपरेसन लागु भएका अमेरिका र यसका सहयोगी तथा साझेदार देशका लागि सबैभन्दा प्रस्ट देखिएको बाधा हो ।

यसले नाटकीय रूपमा द्वन्द्वको जोखिम बढाएको छ । दोस्रो, क्वाड देशहरू यस सवालमा एउटै स्थानमा छैनन् । अमेरिकाको तर्फबाट हेर्दा भारत पानीको सवालमा सार्वभौमिकता खोज्छ ।

यहाँ हामी क्वाड निर्माण गरेर हाम्रा साझेदारहरू एउटै पक्षमा छौँ भन्ने कुरामा विश्वस्त हुन चाहन्छौँ । हामी जब हाम्रा नौसेना जहाजहरू पानीमा जान्छन्, भारत उनीहरूकै जस्तो गर्छ । एउटै कित्तामा रहेका छौँ भन्ने कुरामा यसले नयाँ दिल्लीलाई राम्रो संकेत गर्दैन । क्वाड मार्फत बन्न खोजेको नजिकको गठबन्धनको प्रक्रिया यसले बिथोल्छ ।

चीनले बुझेको छ कि कुन र किन चीनले चाइना होस्ट गार्ड प्रयोग गरेको छ र पछिल्ला दुई वर्ष यता नयाँ नियम लागु गर्दै तिनीहरूलाई ठूलो अख्तियारी दिइएको छ ।

यसले अन्य देशको राष्ट्रिय स्वाधीनता उल्लंघन गर्ने बाटो दिएको छ किनभने चीनलाई विश्वास छ कि ती विमानमा गोली प्रहार हुने सम्भावना कम छ । त्यसै समयमा यो नियम र कानून प्रयोग गर्दै यो भ्रम सिर्जना गरियो कि पानीमाथि चीनको सम्प्रभुता थियो । वास्तवमा त्यो थिएन ।

यसकारण, चिनियाँ जहाजको विरुद्धमा ठूला ब्लु वाटर जहाज चलाउनुको साटो हामी कोस्ट गार्डकै कुरामा अलमलियौँ । यो कुनै दृष्टिले लाभदायक पनि हुन सक्थ्यो ।

ओभर फ्लाइट मामलामा अलिकति विरोधाभास पनि छ । हामीसँग इन्डो प्यासिफिक क्षेत्रमा भइरहेको एयर डिफेन्स जोनमा चीनले उल्लंघन गरिरहेको छ । यो अवस्थामा केही अप्ठेरो पनि छ किनभने कोस्ट गार्डको एयर इक्विभ्यालेन्ट हामीसँग छैन जसले माथि गएर उनीहरूलाई फर्काउन सकियोस् ।

तपाईंलाई के लाग्छ, अमेरिका भविष्यमा फेरि ट्रान्स–प्यासिफिक पार्टनरसिप ट्रेड डिलमा आबद्ध हुने सम्भावना छ ?

मलाई लाग्छ, यो ढोका बन्द हुँदै छ । वर्तमान प्रशासन विदेश नीतिमा पकड राख्न संघर्ष गररिहेको छ ।

इमानदारीपूर्वक भन्ने हो भने यसको धेरै ध्यान घरेलु मुद्दामा मोडिएको छ र त्यही गरिरहेको छ । यसले अधिक सीमासम्मको समय राजधानी डिसीमै खर्चिएको छ ।

 तपाईंलाई थाहा छ कि बाइडेनले पुटिनसँग प्रजातान्त्रिक र नाटोका ट्रिटी पार्टनरको जी सेभेन बैठकमा अमेरिकी कित्ताको लस्कर नै लगाए । यो क्रमबद्ध रणनीति थियो वा रुसप्रति बाइडेनको पोजिसन दह्रो बनाउने क्रममा एकीकृत मोर्चाको सिर्जना गर्न एउटा संकेत थियो ?

मलाई लाग्छ यो धेरै सांकेतिक थियो । यो आफ्ना पूर्ववर्तीहरूको आँखामा म युरोपेलीको कत्तिको राम्रो साथी हुँ भन्ने देखाउन पनि थियो । ट्रम्पको युरोपेलीसँग आँधी बेहरिको जस्तो सम्बन्ध थियो र केही महत्वपूर्ण बिन्दुमा यसलाई ल्याए ।

मलाई लाग्छ कि वाइडेन त्यहाँ युरोपेलीको भावनालाई आश्वस्त पार्न र उनीहरूलाई ट्रम्पका बारे कम चिन्तित बनाउन गएका थिए ।

फेरि यो सांकेतिक थियो कि रणनीतिक थियो भन्ने कुरामा बाइडेनले पुटिनसँगको भेटबाट के पाए ? विल्कुलै केही पाएननन । के यसले रुसको पाइप लाइनलाई रोक्यो या जर्मनीलाई यो रोक्न कन्भिन्स गराउन सक्यो ?

होइन, केही भएन । वाइडेन प्रशासन गफ गर्छ, काम गर्दैन । यो रुजवेल्टको विपरीत ध्रुवको थियो ।

जब सेनाले अफगानिस्तान छाड्यो, चीन जस्ता नजिकका शक्ति राष्ट्रसँग प्रतिस्पर्धा गर्न अमेरिकाले मध्यपूर्वमा आतंकवाद विरोधी र मध्यपूर्वको द्वन्दबाट हटेर सैन्य शक्तिको ध्यान अन्यत्र लगेको हो ?

ठूलो शक्ति सङ्घर्षका लागि यो फिर्ताको निर्णय भएजस्तो मलाई लाग्दैन । पहिलो कुरा त अफगानिस्तान दक्षिण एसियाको भाग हो या मध्य एसियाको हो भन्ने तपाईं जसरी नक्सा कोर्नुहुन्छ त्यसैमा भर पर्छ ।

अमेरिका फिर्ता भएसँगै यो देश तालिवानको हातमा पुग्यो, यो पहिले नै चीनको प्रस्तावनाको कुरा थियो । यसकारण हामी फिर्ता हुनुलाई चीनसँगको प्रतिस्पर्धाको दृष्टिले हेर्छौं भने यो चीनको हात बलियो बनाउने काम हो ।

तालिवान पाकिस्तानबाट सिर्जित हुन् र पाकिस्तानका लागि सेवा दिइरहेका इन्टेलिजेन्ससँग यसको थुप्रै साझा लक्ष्य छन् ।

यसकारण अफगानिस्तानबाट पछि हट्नु राम्रो भएको म देख्दिनँ । केही भएको छ भने हाम्रा विरोधीको हात बलियो भएको छ । मैले उल्लेख गरेअनुसार अफगानिस्तानलाई प्रजातान्त्रिक बनाउन लगानी गर्ने क्वाड र नाटोका देशहरूलाई ठूलो क्षति भएको छ ।

यदि म सि चीन फिङ हुन्थेँ भने म अमेरिकाले अफगानिस्तानबाट पछि हटेर मुख्र्याइँ गरेकोमा खुब हाँस्थेँ ।

तपाईं मिडल पावरको भूमिका र महत्वलाई कसरी हेर्नुहुन्छ ? विशेष गरेर दक्षिण र दक्षिणपूर्वी एसियाली देशको क्षेत्रमा । यी देशहरूले विभिन्न बाटोमा कसरी अमेरिकासँग काम गर्न सक्छन् ?

मलाई लाग्छ यो धेरै महत्वपूर्ण छ । खास गरेर यदि हामी सुपर पावर नरहने र बहुध्रुवीय दिशामा संसार गइरहेको कुरा स्वीकार गर्छौं भने वा विभाजित वातावरण, जहाँ हामीसँग दुई ठूला शक्ति प्रतिस्पर्धा गरिरहेका छन् तर उनीहरूको आफ्नो ब्लकमा त्यसै खालको लाभ छैन, जुन शीतयुद्ध र सोभियत संघको समयमा थियो ।

यीमध्ये एउटामात्र अवस्था भए पनि मिडल पावरले धेरै प्रभाव पार्छन् । किनभने तिनीहरूसँग विभिन्न शक्ति केन्द्रको माझ यद्धा अभ्यासको क्षमता छ र तिनीहरू आफ्नै आकांक्षा पछ्याउँछन् र आफ्नै लक्ष्य छन् ।

अमेरिकाको ग्रान्ड स्ट्राटेजी के हो र अमेरिकन ग्रान्ड स्ट्राटेजीको इतिहास के हो ? यसको वर्तमान लक्ष्य पनि भन्नु न !

हामी यो समयमा ग्रान्ड स्ट्राटेजी अन्तर्गत सञ्चालन भइरहेका छौँ भन्ने कुरामा म सहमत छैन । हामी यो कथा स्वीकार गर्ने बाटोमा गइरहेका छौँ कि हामी सुपर पावर रहेनौँ र एक पार्टीमात्र पनि रहेनौँ ।

मैले यो अन्तर्वार्ता भरी वर्तमान प्रशासनलाई प्रहार गरिरहेको छु । तर, पूर्वप्रशासनले पनि हामी सुपर पावर नरहेको केही संकेत दिएको थियो । हुनसक्छ, हामी दुई ठूला शक्तिमध्येका एक हुन सक्छौँ।

प्राकृतिक रूपमै कार्टर प्रशासनपछिको समयलाई फर्केर हेर्ने हो भने हामी यस्तो बेहोसीको साक्षी भएको पहिलो पटक होइन ।

यो सबै कुरा उल्टाउन र अमेरिकी ग्रान्ड स्ट्रेटेजीको इतिहासमा फर्कन ढिला भइसकेको छैन ।

यसका लागि वर्तमान प्रशासनको दृष्टिकोणबाट पूर्ण रूपान्तरणको रूपमा वासिङ्टनको माइन्ड सेटमै अथाह परिवर्तनको आवश्यकता छ ।

के सिसीली, कोमोरोज र मदागास्करसँग हाम्रो सम्बन्ध राम्रो छ ?

हामीले इन्डो प्यासिफिकका उत्तरी भागमा केही सभ्य सम्बन्ध पाएका छौँ । उदाहरणका लागि, कतार र ओमान लगायत छन् । तर, जहाँसम्म अहिलेको प्रशासनको कुरा छ चाहे यो ग्रान्ड स्ट्राटेजीलाई पछ्याउने कुरामा हो, म त्यो कुरामा अनिश्चित छु ।

हामीसँग केही कूटनीति र अहिले कायम सैन्य सम्बन्धका केही कानूनी पाटा छन् । उदाहरणका लागि, पाकिस्तानसँगको कुरामा । मलाई यो कम विश्वासपूर्ण लाग्छ ।

गत साता पाकिस्तानसँग अद्भूत सम्बन्ध स्थापित गर्ने कुरामा पुनः विश्वास दिलाउन विदेश सचिव अस्टिन त्यहाँ थिए । जुन मैले पहिले पनि संकेत गरेको थिएँ, यो केही होइन एकतर्फी सम्बन्ध हो । हामीलाई विश्वास दिलाउने र हामीबाट फाइदा लिन मात्र ।

यो प्रयास पाकिस्तान पूरै चीन अन्तर्गत नरहोस् भन्नका लागि हो । तर, म यो कुरामा जोड दिन्छु कि यसका लागि हामीले पहिले नै धेरै गरिसक्यौँ ।

यसकारण, म यो सोच्ने गर्छु कि हामी अमेरिकी ग्रान्ड स्ट्राटेजीको इतिहासबाट प्रभावित छौँ तर वर्तमान प्रशासनले यसलाई राम्रोसँग दिशा निर्देश गरेजस्तो मलाई लाग्दैन ।

(यो अन्तर्वार्तामा प्रस्तुत विचार रक्षा विभाग, एयर फोर्स विभाग, एयर एजुकेसन एन्ड ट्रेनिङ कमान्ड, एयर युनिभर्सिटी वा अमेरिकी सरकारका अन्य विभाग तथा तिनीहरूका अन्तर्राष्ट्रिय समान तहबाट अनुमोदित भएको होइन ।)

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : ३५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित