टोकियो ओलम्पिक : जिम्न्यास्टिमा ११ वर्षमा अमेरिकाको हार | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : जिम्न्यास्टिमा ११ वर्षमा अमेरिकाको हार


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानले १०, अमेरिकाले ९ र चीनले ८ स्वर्ण पदक जितेका छन् ।

काठमाडौँ– जापानमा जारी टोकियो ओलम्पिकमा घरेलु टोलीले अग्रता लिएको छ । मङ्गलबार बिहानदेखि नै अङ्क तालिकामा उथलपुथल भएको थियो ।

बिहान पौडीमा अमेरिकाले एक स्वर्ण पदक जितेर अग्रता लिए पनि डाइभिङको १० मिटर प्लेटफर्म महिला सिन्क्रोफाइज्डमा चेन झुयी र झाङ जिगइको जोडीले स्वर्ण पदक जितेर आफ्नो टोलीलाई तालिकामा अग्रस्थानमा उभ्याएको थियो ।

सो स्पर्धामा अमेरिकाका जेसिको पाराटो र डान्ले स्केनीले रजत तथा मेक्सिकोका अगुन्डेज गार्सिया र ओरोजा लोजो अलेजान्द्राले कास्य पदक जिते । साँझ सफ्ट बलमा उपाधिको दाबेदार मानिएको अमेरिकालाई हराउँदै जापानले १० स्वर्ण पदकसहित तालिकामा अग्रता लिएको छ ।

मङ्गलबार अमेरिकालाई ठूलो धक्का लाग्यो । टोलीकी सबैभन्दा महत्वपूर्ण खेलाडी सिमोन वाइल्स भोल्ट अस्वस्थ भइन् फलस्वरूप ११ वर्षपछि अमेरिका पहिलोपटक महिला जिम्न्यास्टिकको टिम स्पर्धामा पराजित भयो ।

यसअघि रियो ओलम्पिकमा पाँच स्वर्ण पदक जितेकी वाइल्सले यस पटक पनि कम्तीमा चार स्वर्ण वा पाँच वटै जित्ने अनुमान गरिएको थियो । उनको बारेमा अमेरिकी टोलीका चिकित्सकले औपचारिक गराएको छैनन् । शायद अर्को दिन उनी खेलमा फर्कन सक्ने अनुमान गरिएको थियो । सो स्पर्धामा वाइल्स पन्छिएपछि रुसी ओलम्पिक कमिटीले स्वर्ण जित्यो । अमेरिका रजत पदकमा सीमित भयो । बेलायतले कास्य जित्यो ।

मङ्गलबार सबै पदकको टुङ्गो लाग्दा जापान १० स्वर्णसहित शीर्ष स्थानमा छ । अमेरिका नौ स्वर्णसहित दोस्रो र चीन ९ स्वर्णसहित तेस्रो स्थानमा छन् । रुसी ओलम्पिक कमिटीले ८ स्वर्ण जितेको छ ।

अमेरिकी राज्य अलास्काबाट ओलम्पिकमा छनोट हुने पहिलो अमेरिकी पौडीबाज लड्ली ज्याकोबीले स्वर्ण पदक जितेपछि अमेरिकी पौडी टोलीले राहत महसुस गरेको थियो ।

अमेरिकी पौडी टोली खराब अवस्थामा रहेको समयमा मङ्गलबार स्वर्ण पदकविहीन हुने सम्भावना देखिएको थियो । पुरुष २०० मिटर फ्री स्टाइलमा बेलायतका टम डिउनले स्वर्ण र डुनाकट स्कटले रजत पदक जिते । ब्राजिलका फर्नान्डो सेफरले कास्य जिते ।
महिला १०० मिटर ब्याक स्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण र क्यानडाकी केली मासले रजत पदक जिते । अमेरिकाकी रेगन स्मिथले कास्य पदक जितिन् ।

पुरुष १०० मिटर ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभले स्वर्ण र सोही टोलीका क्लेमेन्ट केलेमेनेसोभले रजत पदक जिते । डिफेन्डिङ च्याम्पियन यार्न मर्फी कास्य पदकमा सीमित भए ।

अन्तिम पदकको टुङ्गो लागेको महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि साबिक विजेता, विश्व च्याम्पियन तथा विश्व कीर्तिमानधारी अमेरिकाकी लिली किङ प्रस्ट दाबेदारको रूपमा प्रतियोगितामा सहभागी थिइन् । पहिलो चरणदेखि नै कमजोर प्रदर्शन गरेकी उनी मङ्गलबारको फाइनलमा कास्य पदकमा सीमित भइन् ।

पहिलो चरणमा ओलम्पिक कीर्तिमान कायम गरेकी दक्षिण अफ्रिकी टाटियाना सोनमाकर सुरुवातदेखि नै अग्रता लिन सफल भए पनि अन्तिममा उनलाई १७ वर्षीया ज्योकोबीले उछिनेकी थिइन् ।

मङ्गलबारै सुटिङको टिम पेस्तोलमा चीनले स्वर्ण पदक जितेको छ । रुसी ओलम्पिक कमिटीले रजत तथा युक्रेनले कास्य पदक जिते । टिम राइफलमा पनि चीनले स्वर्ण, अमेरिकाले रजत र रुसी ओलम्पिक कमिटीले रजत पदक जिते ।

ट्रायथलनको महिला स्पर्धामा बर्मुडाकी डफी फ्लोर्राले स्वर्ण, बेलायतकी टेलर ब्राउनले रजत र अमेरिकाकी केटी जाफरले कास्य पदक जिते ।

सर्फीङको पुरुषमा ब्राजिलका इटालो फरेराले रजत र जापानका कानो इगारासीले रजत पदक जिते । सो स्पर्धामा अस्ट्रियाका राइट ओवेनले कांस्य पदक जिते । महिलामा दक्षिण अफ्रिका बियन्का रुटेन्डाङलाई फाइनलमा हराउँदै हराउँदै अमेरिकी कारिसा मुरले स्वर्ण पदक जितिन् । जापानका अमुरो सुजुकीले कास्य जिते ।

महिला कायाक फाइनलमा जर्मनीकी रिकार्डा फन्कले स्वर्ण, स्पेनकी मालियन चउराटले रजत र अस्ट्रियाकी जेसिका फक्सले कास्य पदक जिते । महिला माउन्टेन बाइकमा स्विट्जरल्यान्डले क्लिन स्वीप गरेको छ । सो टोलीका जालान्डा नोफले स्वर्ण, सिना फ्राइले रजत र लिना अन्डगानोले कास्य पदक जिते ।

भारोत्तोलनको महिला ५९ किलो तौल समूहमा चाइनिज ताइपेइकी कोउ हिसिङ चुनले स्वर्ण, तुर्केमेनिस्तानकी पोलिना गुरेभाले रजत र जापानकी आन्धे मिकोले कास्य पदक जिते । गुरेभा ओलम्पिकमा पदक जित्ने तुर्केमेनिस्तानकी पहिलो खेलाडी हुन् ।
भारोत्तोलनको ६४ किलो तौल समूहमा क्यानडाका मारुन चाउडेले स्वर्ण, इटालीकी जर्जिया बोरिङटनले रजत र चाइनिज ताइपेइकी चेन हुवेइले कास्य पदक जिते ।

जुडोको ८१ किलो तौल समूहमा जापानका नागासी ताकानोरीले स्वर्ण र मङ्गोलियाका सइद मोलासीले रजत पदक जिते । बेलारुसका म्याथ्यु सिसे र अस्ट्रियाका सामुयल बोरास्भीलले कास्य जिते ।

जुडोकै महिला ६३ किलो तौल समूहमा फ्रान्सकी क्लारिसे एबगेनेनीले स्वर्ण र स्लाभोकियाकी टिरा टेरास्जिकले रजत पदक जिते । इटालीकी मारिया सेन्टाक्रिचो र क्यानडाका पिनार्थ क्याथेडले कास्य पदक जिते ।

तेक्वान्दोको महिला ६७ किलोभन्दा माथिको समूहमा सर्बियाकी मान्डिक मिलिकाले स्वर्ण र कोरियाकी लि डाविनले रजत पदक जिते । फ्रान्सकी लाउरेन एन्था र बेलायतकी वालेन्का बाल्डेनले कास्य पदक जिते ।

पुरुषतर्फ ८० किलोभन्दा माथिको समूहमा रुसी ओलम्पिक कमिटीका लार्किन भ्लाडिस्लाभले स्वर्ण र उत्तरी मेसोडोनियाकी डेजान डर्जिसेभ्सकीले रजत पदक जिते । कोरियाका क्योन डोन र क्युवाका राफेर बेनरले कास्य जिते ।

इक्वेस्ट्रियनको मङ्गलबार टुङ्गो लागेको एउटा पदक जर्मनीले जितेको छ । अमेरिकाले रजत र बेलायतले कास्य पदक जिते ।

आश्चर्यजनक परिणाम आउने क्रममा स्वर्ण पदकको दाबेदार मानिएको घरेलु टोलीकी टेनिस खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छिन् । ओसाकाले उद्घाटनमा ओलम्पिक टर्च बोकेकी थिइन् । उनी चेक गणतन्त्रकी मार्केटा भार्नसोभासँग ६–१ र ६–४ ले पराजित भइन् ।

कमजोर प्रदर्शन गरिरहेको अमेरिकी महिला फुटबल टोली समूहमा दोस्रो हुँदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा अमेरिका र अस्ट्रेलियाबीच गोलरहित बराबरी भयो ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार