किमले कानमा ‘ॐ’ झुण्ड्याएपछि... | Khabarhub Khabarhub

किमले कानमा ‘ॐ’ झुण्ड्याएपछि…


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी टेलिभिजन रियालिटी स्टार र बिजनेस वुमन किम कार्दासियन चर्चामा आउनका लागि हरेक हतकण्डा अपनाउछिन् । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् ।

कहिले विलासी जीवनशैली त कहिले बोल्ड फोटोसुटले सामाजिक सञ्जालमा उत्तिकै छाइरहन्छिन् ।

अमर उजालाका अनुसार केही दिन अघि किमले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरिन् । जसको चर्चा निकै भएको थियो । तस्वीरमा किम रातो रंगको पहिरनमा ‘ॐ’ वाला डिजाइनको एयररिंग कानमा झुण्ड्याएकी थिइन् ।

यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भयो । उनको यो तस्वीरलाई केही फ्यानले भने मनपराएनन् । उनीमाथि फ्यानले धार्मिक भावनामा ठेस पुर्‍याएकाे आरोप लगाएर उनलाई ट्रोल गरे ।

‘ॐ हिन्दु धर्मको पवित्र पहिचान हो । यो कुनै गहना होइन भनेर भन्ने के अब सही समय आएको छैन र ? एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले ‘सेलिब्रेटीले कहिले सांस्कृतिक संकेतको प्रयोग गर्न बन्द गर्छन् ?’ भन्दै विरोध गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ३० बजे

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’