गोकर्णेश्वर नगरपालिकामा कक्षा ८ को परीक्षा स्थगित | Khabarhub Khabarhub

गोकर्णेश्वर नगरपालिकामा कक्षा ८ को परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि सञ्चालन गर्ने भनिएको आधारभूत तह (कक्षा ८) उतिर्ण परीक्षा तत्कालका लागि स्थगित भएको छ ।

नगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै अर्का सूचना नआउँदा सम्मको लागि परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

नगरपालिकाले यस अघि कक्षा ८ को परीक्षा वैशाख १६ गतेदेखि सञ्चालन गरेर २४ गतेभित्र सक्ने परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

परीक्षा सञ्चालन गर्ने भनिएकै दिनदेखि काठमाडौँ जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने भएपछि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ४८ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४