६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा | Khabarhub Khabarhub

६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले ६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको छ ।

अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको हो ।

कयौँ मुलुकमा खोप नपाइरहँदा अमेरिकाले खोप थुपारेको भन्दै चर्को आलोचना भएपछि उसले ६ करोड डोज खोप केही महिनाभित्रै निर्यात गरिने जनाएको हो ।

विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएता पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएका थिए ।

प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने जनाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ४० बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा