आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो | Khabarhub Khabarhub

आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ ।

पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो ।

पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७  रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।

पञ्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दीपक होडाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

जितसँगै कोलकाता पाँचौँ स्थानमा उक्लिएको छ । कोलकाताले ६ खेलमा ४ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि