पाठकमाझ सुरेशको ‘रहर’ | Khabarhub Khabarhub

पाठकमाझ सुरेशको ‘रहर’


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकाल जस्तो मीठो जीवन अरू नहुने बताए । चाहे बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ छ ।

‘रहरमा धेरैजसो कथा बाल्यकालका यस्तै मीठा र अबोध मनोविज्ञानले भरिएका छन्,’ उनले भने, ‘सेतो कागज जस्तो जीवनमा भर्खर केही लेखिँदै गर्दाका घटनाहरू, भर्खर पलाउँदै गरेको पालुवामा केही रङ भरिँदैै गर्दाका ऋतुहरूले थाहै नपाउनेगरी जीवनमा कसरी उतारचढाव ल्याइदिन्छन् भन्ने अनेक घटना कथाहरुमा छन् ।’

उनले पुस्तकमा केही कथा किशोरकालका स–साना घटना र सूक्ष्म भोगाइहरूले भरिएको बताउदै सङ्ग्रहमा भएको एउटा राजनीतिक विषयको कथा सिनेमाको अतिथि कलाकार जस्तो लाग्ने दाबी गरे ।

पोलिटिकल लिटरेसी फर वुमनकी अध्यक्ष प्रकृति भट्टराई बस्नेतले हरेक जीवन सामान्य रहे पनि हरेक व्यक्तिलाई आफ्नो जीवन अनि भोगाइ असामान्य लाग्ने बताइन् ।

‘रहर पढ्दा महसुस हुन्छ, यी सबै कथामा म छु अनि मेरा अनुभव पनि छन्,’ उनले भनिन्, ‘मैले असामान्य मानेका मेरा भोगाइ मैले मात्र भोगेकी होइन रहेछु । मैले सोचेका असामान्य घटना सामान्य रहेनछन् ।’

लेखक बडालले आफ्नो कथासङ्ग्रहमा सामान्य जीवनका तिनै कथालाई मीठो गरी पस्केको बताए । आफ्नो पुस्ताले यो कथासङ्ग्रहका हरेक कथामा आफूलाई पाउने उनको दाबी छ ।

प्रकाशक फाइन प्रिन्टका अजित बरालले नेपालमा लेखक अत्यन्त कम रहेको र त्यसमा पनि राम्रो लेख्नेहरू झनै कम रहेको बताए ।

‘त्यसैले हामी सधैं प्रतिभावान् लेखक आगमनको प्रतीक्षामा हुन्छौं । जब सुरेश बडाको पाण्डुलिपि हाम्रो हातप¥यो,’ उनले भने, ‘त्यति बेला लाग्यो, हामीले प्रतीक्षा गरेको नयाँ प्रतिभाको आगमन भएको छ ।

ससाना रहरहरूको खुत्रुके बनेर आएको यो पुस्तकमा बडालले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् ।

उनले कहीँ आफैंलाई पात्र बनाएर उभ्याएका छन् भने कहीँ यथार्थ पात्रहरूलाई कल्पनाशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् ।

सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ०० बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने