स्रोत नखुलेको ७ लाख रुपैयाँसहित २ जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित २ जना पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रहरीले २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय विनोद कुमार छन् ।

प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा  अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ३० बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी