तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली « Khabarhub

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।

कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।

उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’

भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।

आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : ०५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र