माओवादीले टुंग्यायो पदाधिकारीको संख्या, केन्द्रीय समिति २९९ सदस्यीय हुने | Khabarhub Khabarhub

माओवादीले टुंग्यायो पदाधिकारीको संख्या, केन्द्रीय समिति २९९ सदस्यीय हुने


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो ।

शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सो महाधिवेशनको आज दिउँसो ३ बजे प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ५७ बजे

‘पुजार सार्की’ जो हुन्, ‘कास्कीकोटका अधिकारी ठूलाबा’

काठमाडौं– म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो, विकास सुवेदी ।

बाँकेमा रासायनिक मलको अभाव

नेपालगञ्ज – मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक

इरान बन्दरगाह सम्झौताबारे अमेरिकी धम्की स्वीकार्य छैन : भारत

नयाँदिल्ली – भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह

आजका समाचार : उपेन्द्र यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेशदेखि सन्दीपलाई सफाइसम्म

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल र

सफाइपछि सन्दीपको प्रतिक्रिया- निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै