‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट | Khabarhub Khabarhub

‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करणमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट घोषित भएका छन् ।

भर्चुअल रुपमा आयोजना गरिएको चार दिने महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एञ्जिला चौधरी तथा पुष्पा जोशीको ‘ललित’ उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार जितेका छन् ।

महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । ‘जुलुङ्गो’ले फिक्सनबाट, ‘नो स्कुल टुडे’ले वृत्तचित्रबाट र ‘ललिता’ले महिला फिल्मेकरतर्फबाट उत्कृष्ट भएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक थिए ।

महोत्सवको पहिलो गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका फिल्महरू मुभी डटकम वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका फिल्महरु प्रर्दशन गरिएका थिए । महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास रहेको थियो ।

महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए । चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम