कसैले भन्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा | Khabarhub Khabarhub

कसैले भन्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएका छन् ।

मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएका हुन् । सर्वोच्च अदालतमै एक्लीएका राणाले अदालतमा आएको भद्रगोलको आफूले जिम्मा नलिने समेत बताएका छन् ।

जबरालाई सामूहीक भेटेका १५ न्यायाधीशले भने न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन राणालाई तत्काल मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । जवाफमा उनले विवादमा तानिएका सबै जना राजीनामाका लागि तयार भए आफू पनि त्यसका लागि तयार भएको बताएको जनाइएको छ ।

‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन,’ राणाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

राणाले आफू  संवैधानिक बाटोबाट आएकाले बाहिरिँदा पनि संविधानको व्यवस्थाअनुसार नै बाहिरिने जनाएका छन् । उनले बरु महाअभियोगको सामना गर्न तयार रहेको संकेत गरेको स्रोतले जनाएको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ०५ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल