हेलमेट लगाएर कण्डम किन्थे अपारशक्ति | Khabarhub Khabarhub

हेलमेट लगाएर कण्डम किन्थे अपारशक्ति


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– ओटीटी प्लेटफर्म जी५मा आगामी साता फिल्म ‘हेलमेट’ रिलिज हुँदैछ । फिल्मको ट्रेलर निकै हसाउने र रमाइलो किसिमको छ ।

फिल्मको कथा कण्डम किन्ने र यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा आधारित छ । फिल्ममा अपारशक्ति खुराना, आशिष वर्मा, अभिषेक बनर्जी, प्रनूतन बहल र अरुनिता झाको अभिनय छ ।

फिल्मको प्रमोसनमा व्यस्त अपारशक्ति र अभिषेकले एक अन्तरवार्तामा वास्तविक जीवनमा कण्डमसँग जोडिएको अनुभव सुनाएका छन् । अपारशक्तिका अनुसार कलेज जीवनमा उनी हेलमेट लगाएर कण्डम किन्न जान्थे ।

‘हेलमेट लगाएर कण्डम किन्नु सजिलो हुन्छ । हेलमेट लगाएर कण्डम किन्थें र छिटो छिटो निस्कन्थें । चण्डीगढमा सबैले मलाई चिन्थे । त्यही भएर मलाई हेलमेट लगाएर कण्डम किन्नु बाध्यता थियो । ट्रेलर हेरेपछि धेरैले मलाई सन्देश पठाएर वास्तविकता यही नै हो भनेका थिए । आशा छ यो फिल्म रिलिज पछि यस्तो हुनेछैन’, अपारशक्तिले भनेका छन् ।

अभिषेक भने कण्डम आफ्नो तन्नामुनी राखेर सुत्थे । तर एकदिन त्यो कण्डम उनका पिताले भेट्टाएका थिए ।

अभिषेकलाई चाहिँ कण्डम किन्नु भन्दा पनि त्यसलाई कसरी राख्ने भन्ने बारेमा तनाव हुन्थ्यो । त्यही कारण उनी आफ्नो झोलामा कण्डम राख्थे । तर उनको झोलामा आमाले हेर्ने भएकाले उनी ओछ्यानको तन्ना मुनी राख्थे । ‘एक दिन तन्नामुनी मैले कण्डम भेटिनँ । घरमा म, बुवा र आमा मात्र थियौं । त्यसकारण कण्डम कहाँ गयो भनेर सोध्ने हिम्मत गरिनँ । मैले त्यो कण्डम बुवाको सेक्रेट आरमालीमा ६ महिनापछि भेटेको थिएँ’, अभिषेकले खुलाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ४७ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि