हस्ताक्षर गर्न रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित हुने | Khabarhub Khabarhub

हस्ताक्षर गर्न रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित हुने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित हुने भएका छन् । जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर सहभागी हुने भएका हुन् ।

यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।

जेलर बसन्त पुरीले कारागार प्रशासनमा निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए । आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय भइरहेको उनले बताए ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।

चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् टुंगो लागिसकेको छैन । हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड