टोकियो ओलम्पिक : पौडीको नतिजामा निर्भर रहन्छ अमेरिकाको स्थान | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : पौडीको नतिजामा निर्भर रहन्छ अमेरिकाको स्थान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा सोमबार बिहानसम्म चीन, जापान र अमेरिकाको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।

अमेरिका र चीनको विगतदेखि नै प्रतिस्पर्धा हुँदै आए पनि यसपटक घरेलु टोली भएका कारण जापानले केही आफ्नो अनुकूलका खेल र स्पर्धा पनि समावेश गरेको छ । त्यसो त गएका एक वर्ष कोरोना महामारीका कारण ठूला प्रतियोगिता आयोजना भएनन् । धेरै देशका प्रशिक्षण महामारीले प्रभावित पारेको छ ।

यसरी सबैभन्दा धेरै प्रभावित अमेरिकी र युरोपेली देश भएका कारण यसको असर पनि यस ओलम्पिकमा देखिएको छ ।

यस ओलम्पिकले धेरै कुराको तय पनि गर्ने छ । पौडीका चार स्पर्धा हुन छन् । पुरुष सय मिटर ब्रेस्टस्ट्रोकमा बेलायतका एडम पेट्टीको जित लगभग निश्चित नै मानिएको छ ।

महिला ४०० मिटर मिटर फ्रिस्टाइलमा अमेरिकी केट्टी लेडेकी र अस्ट्रेलियाकी एरियन टिटमसका बीच प्रतिस्पर्धा हुनेछ । पुरुष ४०० मिटर फ्रिस्टाइल रिलेमा रुसी ओलम्पिक कमिटी, इटाली, अमेरिका र अस्ट्रेलिया बीचमा चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महिला सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमान धारी स्विडेनकी सहारा जोस्टाम, चीनकी झाङ युफेइ, अमेरिकी टोरी हस्क, क्यानडाकी मेगी म्याकनील र फ्रान्सकी मारिया बर्टेल बीच कुनै परिणाम देखिन सक्ने अनुमान गरिएको छ ।

तथापि यो वर्षको फर्मलाई आधार मान्दा र स्थिर रहेका कारण झाङ नै बलियो भएको धेरै समीक्षकको मत छ ।

सोमबार नै आर्चरीको पुरुष टिम स्पर्धाका खेल हुनेछ । यो स्पर्धामा दक्षिण कोरियालाई दाबेदार मानिएको छ । जिम्न्यास्टिकको पुरुष टिम स्पर्धाको फाइनल सोमबार हुनेछ ।

यो स्पर्धामा चीन, जापान र रुसी ओलम्पिक कमिटीको टोलीका बीचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

सफ्ट बलमा जापान र अमेरिका बीच पहिलो चरणको खेल हुनेछ । यी दुवै फाइनल प्रवेश गरिसकेका कारण पहिलो चरणको राउन्ड रोबीन यस खेलको त्यति महत्व रहेको छैन ।

पुरुष क्यानोइको फाइनल खेल पनि सोमबार हुनेछ । माउन्टेन बाइकको पुरुष क्रस कन्ट्री सोमबार सम्पन्न हुनेछ ।

डाइभिङको पुरुष सिन्क्रोफइज्ड १० मिटरको स्पर्धा हुनेछ । यो चीनको एकल पकड रहेको खेलको रूपमा रहेको छ ।

फेन्सिङमा महिला एकल साब्रे र पुरुष एकल फोइलको खेल हुनेछ । फेन्सिङको बारेमा अनुमान गर्न धेरेका लागि कठिन रहेको छ ।

जुडोमा महिला ५७ किलो र पुरुष ७३ किलो स्पर्धाका खेल हुने छन् जुडोमा सोमबार पनि आयोजक देश जापान नै हाबी हुने अपेक्षा गरिएको छ ।

सुटिङमा स्कीटको महिला र पुरुष स्पर्धाको फाइनल खेल हुनेछ । सुटिङका यी स्पर्धामा चीन दाबेदारको रूपमा रहेको छ । तेक्वान्दोमा महिला ६७ र पुरुष ८० किलो स्पर्धाका खेल हुनेछन् ।

ट्रायथलनमा पुरुष एकलको फाइनल हुनेछ । भारोत्तोलनमा महिला ५५ किलो तौल समूहको खेल हुनेछ । यस खेलमा चीनलाई बलियो दाबेदार मानिएको छ । स्केट बोर्डिङमा सोमबार महिला स्ट्रिटको फाइनल खेल हुनेछ ।

बास्केटबल, थ्री बाइ थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, बिच भलिबल, ह्यान्डबल, हक्की, रग्बी सेभेन, सर्फीङ, टेबल टेनिस, टेनिस, र भलिबलको पहिलो चरणको खेल हुनेछ ।

जसरी आइतबार अमेरिका र जापानका लागि सुखद रह्यो, शायद सोमबार चीनका लागि उपयुक्त पनि हुन सक्ने छ । डाइभिङ, भारोत्तोलन, सुटिङ र पौडीमा स्वर्ण पदकको सम्भावना रहेको छ यी मध्य डाइभिङ र भारोत्तोलनमा लगभग निश्चित रहेको छ ।

अमेरिकाको हकमा पौडीको बिहानको समय नै महत्वपूर्ण रहेको छ । अमेरिकाको जित्ने सम्भावना त तीन स्पर्धामा रहेको छ । परन्तु एकदम बलियो अवस्था भने कुनै पनि स्पर्धामा छैन ।

यस कारण सोमबारको दिन पदक तलिका कुन दिसामा जाने हो भन्ने बिहानको समयले निर्क्योल गर्नेछ ।

सोमबार बेलुकाका सबै स्पर्धा सकिँदा पदक तालिकामा कसको अग्रता रहने भन्ने शायद पहिलो सत्रमा नै टुङ्गो लाग्नेछ । एरियन टिटमस र केट्टी लेडेकी बीचको महिला ४०० मिटरको पौडी सोमबारको सबैभन्दा हेर्न लायक स्पर्धा हुन सक्ने छ ।

–एजेन्सीहरूको सहयोगमा

 

 

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४० बजे

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका