मधुमेहको ट्राफिक संकेतहरू « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

मधुमेहको ट्राफिक संकेतहरू



मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर ९१००मि.ली. रगतमा १२६ मि.ग्रा. भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोगलागेको मानिन्छ ।

सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसिलिटर ग्लुकोज पाइन्छ । यदि  ग्लुकोजको मात्रा यो  रेन्जभन्दा ज्यादा भएमा हाईपर ग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपो ग्लाइसिमिया भनिन्छ । चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थाहरुलाई मधुमेहको नामले सम्बोधन गरिन्छ जसले हाईपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।

ग्लूकोज, रक्त ग्लूकोज र मधुमेह

ग्लूकोज हाम्रो शरीरको इन्धन हो । जसरी गाडीको इन्जिन चलाउन पेट्रोलको आवश्यकता पर्दछ, त्यसैगरी यो शरीरको  इन्जिन चलाउन पनि ग्लुकोजको आवश्यकता पर्दछ । हामीलाई कार्वोहाइड्रेट वर्गका, (गुलिया प्रकृतिका खाद्यान्न तथा फलफूलहरु) जस्तै चामल, गहुँ, मकै, कोदो फापरजस्ता अन्न, मुङ्ग मस्याङ्ग, मुसुरो, मास, रहडी, गहत,  जस्ता दलहन, भट्टमास, केराउ, राजमा, बोडी, सिमी जस्ता गेडागुडी, आलु, पिँडालू, सुठुनी, तरुल, सिमल–तरुल जस्ता कन्दमुल चिनि, आटा, मैदाजस्ता खाद्य पदार्थहरु पाचन पश्चात ग्लूकोज बन्दछ । अवशोषित भई रगतमा पुग्दछ ।

थोरै मात्रामा ग्लूकोज शरीर भित्रै पनि उत्पादन हुन्छ । यदि भोजनमा ग्लूकोजजन्य खाद्यहरुको मात्रा कम छ भने शरीरभित्र ग्लूकोज उत्पादन हुने क्रम बढ्छ । यसरी भोजनबाट प्राप्त र शरीरभित्रै उत्पादित ग्लुकोजले रक्त ग्लुकोजको मात्रा निर्धारित  गर्दछ । क्रियात्मक रुपमा स्वस्थ व्यक्तिको शरीरमा ८०–१०० मि.ग्रा.प्रति डेसी लिटर (१०० मिली) ग्लूकोज पाइन्छ।

यदि रक्त ग्लुकोजले यी मान बिन्दुहरु नाघेर बढी भएमा हाइपर ग्लाइसिमिया र कम भएमा हाइपो ग्लासिमिया भएको भनिन्छ । मधुमेह हाइपर ग्लाइसिमियासँग सम्बन्धित रोग हो । चिकित्सकीय भाषामा ती सबै रोगावस्थाहरुलाई मधुमेहको साझा लक्षणलाई अभिव्यक्त गर्दछन् ।

कति भए मधुमेह

आठदश घण्टाको उपवाश पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा.प्रति डेसीलीटर भन्दा ज्यादा भएमा वा ग्लुकोज जन्य खाद्य पदार्थहरु खाएको २ घण्टा पश्चात लिएको रगतमा ग्लूकोजको मात्रा २०० मि.ग्रा. प्रति डेसिलिटर भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह भएको मानिन्छ । यदि फास्टिङ्ग ब्लड ग्लुकोज १००–१२५ मि.ग्रा. डे.ली. र पोष्ट प्रोन्डल ब्लड ग्लुकोज को १४०–१९९ सम्म भए मधुमेहको शुरुवाती अवश्था अथवा पूर्व–मधुमेह भएको मानिन्छ ।

जाँच विधिः

मधुमेहलाई सुषुप्त हत्यारा (साइलेन्ट किलर)को नामले पनि सम्बोधन गरिन्छ । साइलेन्ट भएको हुनाले यो रोग भूषको आगो जस्तो भित्र भित्रै सल्किएर एकैचोटी वृहत रूपधारण गरिसके पछि मात्र  देखापर्दछ । यसो हुँदा रोग झ्याङ्गी सकेर रोगले निम्त्याएका जटिलता देखा परिसकेको हुन्छ । फलतः रोगको निधान बेलैमा हुन नसक्दा रोगीको स्वास्थ्य जीर्ण भैसकेको हुन्छ ।  यो रोगको जोखिममा परेकाहरु वा पारीवारिक ईतिहास भएकाहरूले नियमित रुपमा रगत  तथा पिसाब परीक्षण गराई रोग लागे–नलागेको निर्क्योल गर्नुपर्ने हुन्छ । मधुमेह भए नभएको थाहा पाउन आठ दश घण्टाको उपवास पश्चात रगत तथा पिसाब र खाना खाएपछिको रगत जाँचलाई मुख्य आधार बनाइन्छ । यसका अलावा ग्लाइकोसिलेटेड हेमोग्लोबिन परीक्षण पनि गरिन्छ ।

फास्टिङ्ग (खालीपेटको) तथा पोष्ट प्राण्डल (खाना पछिको) रगत परीक्षण

ग्लुकोज यो परिक्षणबाट रोगीको रक्त पत्ता लगाई उसलाई मधुमेह भए नभएको निर्क्योल गरिन्छ । रक्त परिक्षणभन्दा पहिलो दिन रोगीलाई कार्वोहाइड्रेट (भात,रोटी) खानेकुरा खान जोड गरिन्छ । भिटामिन सी, एस्प्रीन दुखाई कम गर्ने औषधि, गर्भनिरोधक चक्की नाईसिन ट्याब्लेटजस्ता औषधि खाएर ग्लुकोज परीक्षण गर्दा सही परीक्षण हुन नसक्ने हुँदा यस्ता दवाई खाएर रक्त परीक्षण गर्न हुँदैन । फास्टिङ्ग, रक्त ग्लुकोज परीक्षण गराईसकेपछि भरपेट खाना वा ७५ ग्राम ग्लुकोज खाएर त्यसको २ घण्टापछि फेरि रगत निकालिन्छ तर खाना वा ग्लुकोज खाएर रगत ननिकाल्दा सम्म कुनै पनि शारीरिक व्यायाम, मानसिक तनाव हिँड्ने चल्नेजस्ता क्रियाकलाप गर्नु हुँदैन ।

ग्लाइकोसिलेटेड हेमोग्लोबिन परीक्षण

फास्टिङ्ग तथा पोस्टपाण्डल ब्लड ग्लुकोज चेक गर्दा मानसिक तनाव, इमरजेन्सी तथा अन्य विशेष रोगावस्थाहरुमा ग्लुकोजको लेवल धेरै घटबढ हुनसक्छ । यस्तो अवस्थामा रोगीलाई मधुमेह भएको या नभएको भन्न सकिन्न र दुविधा उत्पन्न हुन सक्छ । यस्ता दुविधा हटाउन, रोगीलाई मधुमेह हुन सक्ने सम्भाव्यता आकलन गर्ने र गर्भाधान गर्न गइरहेकी महिलालाई मधुमेह हुन सक्ने नसक्ने निर्क्योल गर्न ग्लाइकोसिलेटेड हेमोग्लोबिनको परीक्षण गरिन्छ । यो परीक्षण गर्दा रगतमा पछिल्लो तीन  महिनाको औषत ब्लड ग्लुकोज लेवल थाहा पाइन्छ । साथै मधुमेहका औषधि खाइरहेका विरामीहरुमा औषधीको असर पनि थाहा पाउन सकिन्छ । ग्लाइकोसिलेटेड हेमोग्लोबिन परीक्षण गर्दा  यदि कसैको रगत ग्लाईकोसिलेटेड हिमोग्लोबिन ५.७५ भन्दा तल रहे मधुमेह नरहेको, ५.७ देखि ६.४५ लाई पूर्व–मधुमेह भएको र ६.५५ भन्दा माथि भएमा मधुमेह भएको मानिन्छ ।


भर्खर

0