कोरोना नियन्त्रणमा सरकार जनमुखी नभएको भन्दै नागरिक अगुवाद्वारा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा सरकार जनमुखी नभएको भन्दै नागरिक अगुवाद्वारा प्रदर्शन (भिडियोसहित)


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवी र युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको किर्तिपुरमा उनीहरुले सामाजिक दूरी कायम गर्दै सरकारलाइ जनमुखी बनाउन प्रदर्शन गरेको जनाएका छन् ।

उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध जनाएका हुन् । नागरिक अभियान्ता युग पाठकले अहिले निषेधाज्ञा भएको अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बिर्सेर राजनीतिक खेलमा लागेको प्रतिरोध स्वरुप विरोध गरिएको बताए ।

हेरौँ भिडियो

उनले आगामी दिनमा भर्चुअल रुपमा कार्यक्रम गरिने बताए ।

प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ०५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम