ललितपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

ललितपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पूर्वसांसद् भिक्षु आनन्दले ललितपुर महानगरपालिका– १६ वडा कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयमा एक कार्यक्रमकाबीच कोरोना संक्रमणबाट बच्न उपयोगी हुने सामग्री प्रदान गरिएको हो ।त्यसमा अक्सिमिटर, बाफ लिने मेशिन र ज्वरो नाप्ने मेशिन १२-१२ थान रहेका छन् । पूर्व सांसद् भिक्षु आनन्दले सो सामग्री महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, वडाअध्यक्ष निर्मलरत्न शाक्य र स्वास्थ्य स्वयं सेवकलाई हस्तान्तरण गरे ।

सो अवसरमा पूर्व सांसद् भिक्षुले बहुजन हिताय, बहुजन सुखायको मर्म अनुरुप आफूले यथासक्य स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । ती स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमणबाट जोगिन केही न केही सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका मयेर महर्जनले बुद्ध जयन्तीको अवसर पारेर भिक्षुबाट भएको सहयोगको सराहना गरे । उनले कोरोना संक्रमितहरु बस्न महानगरपालिकाले विभिन्न संस्थाको सहयोगमा सञ्चालनमा ल्याइएको आइसोलेसन सेवा र सुविधाबारे केन्द्रित गरी आफ्नो भनाइ राखे ।

सो अवसरमा १६ वडाका वडाअध्यक्ष शाक्यले निषेधाज्ञा लम्बिँदै गएसँगै मानिसहरुलाई भोकले पनि सताउन थालेको उल्लेख गर्दै महानगरपालिकाबाट अविलम्ब राहतको प्याकेज ल्याउन माग गरे ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ३ : ३९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्