कालापत्थरमा ‘नेपग्याजम’ले बनायो विश्व रेकर्ड | Khabarhub Khabarhub

कालापत्थरमा ‘नेपग्याजम’ले बनायो विश्व रेकर्ड


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए ।

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए ।

यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर ५ हजार २ सय ७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिजमा नाम लेखाएका थिए ।

कार्यक्रमका लागि कोरोना महामारीबीच आठ जनाको टोली कालापत्थर पुगेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : ०० बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड