ओस्कारमा ‘नोम्याडल्याण्ड’लाई तीन ठूला अवार्ड | Khabarhub Khabarhub

ओस्कारमा ‘नोम्याडल्याण्ड’लाई तीन ठूला अवार्ड


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– यो वर्षको ‘ओस्कार फिल्म एकेडेमी अवार्ड’मा फिल्म ‘नोम्याडल्याण्ड’ले तीन ठूला पुरस्कार जितेको छ । यो फिल्मले ‘बेस्ट फिल्म’, ‘बेस्ट डिरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको हो ।

बीबीसीका अनुसार फिल्मका लागि महिला निर्देशक क्लोइ चाओले ‘सर्वश्रेष्ठ निर्देशक’को अवार्ड जितिन् । ओस्कार अवार्डको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्रो महिला हुन् ।

‘म यो विश्वमा जहाँ जसलाई भेटेकी छु, उनीहरुमा राम्रो कुरा पाएकी छु । यो अवार्ड ती व्यक्तिहरुका लागि समर्पित छ, जो राम्रो मानिस बन्ने कुरामा विश्वास राख्छन् र यस्तो बन्ने साहस ती व्यक्तिहरुमा किन नै नहोस् । यो अवार्ड तपाईंहरु सबैका लागि हो–तपाईंहरु मलाई प्रेरणा दिइरहनुहोला’, निर्देशक चाओले भनिन् ।

‘नोम्याडल्याण्ड’का लागि अभिनेत्री फ्रान्सिस मेक्डारमेण्डले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितिन् ।

प्रख्यात अभिनेता एन्थी हपकिन्सले ‘बेस्ट एक्टर’को अवार्ड जिते। उनी यो पुरस्कार पाउने अहिलेसम्मकै बढी उमेरका अभिनेता हुन् । ८३ वर्षका ब्रिटिस अभिनेताले फिल्म ‘द फादर’का लागि यो अवार्ड जितेका हुन् ।

कोभिड महामारीका बीच विश्वकै सबैभन्दा प्रतिष्ठित फिल्म अवार्ड समारोह अमेरिकाको लसएञ्जल्सका दुई स्थान–डल्बी थिएटर र युनियन स्टेसनमा आयोजना गरिएको थियो । सन् २००१ देखि ओस्कार डल्बी थिएटरमा हुँदै आएको छ ।

साथै ब्रिटेनका कलाकारहरुका लागि लण्डनमा पनि एक स्थान निर्धारण गरिएको छ र पेरिसमा पनि एक हब बनाइएको छ । यो वर्ष कोरोना महामारीका बाबजुद पनि आयोजकले भर्चुअल आयोजना नगर्ने निर्णय लिएका थिए ।

यो वर्ष ‘बेस्ट फिल्म’का लागि ‘द फादर’, ‘जुडाज एण्ड ब्ल्याक मेसीहा’, ‘मेङ्क’, ‘मिनारी’, ‘नोम्याडल्याण्ड’, ‘प्रमिसिङ यङ वुमन’, ‘साउण्ड अफ मेटल’ र ‘द ट्रायल अफ शिकागो ७’ मनोनयन परेका थिए ।

‘बेस्ट एक्ट्रेस’का लागि ‘रेनीज ब्ल्याक बटम’बाट विओला डेविस, ‘यूनाइटेड स्टेट्स वर्सेस बिली होलीडे’बाट एन्ड्रा डे’, ‘पीस अफ वुमन’बाट वेनेसा किर्बी, ‘नोम्याडल्याण्ड’बाट फ्रान्सेस मेकडोरमेण्ड’ र ‘प्रमिसिङ वुमन’बाट क्यारी मिलिगन नोमिनेसनमा परेका थिए ।

‘बेस्ट एक्टर’का लागि ‘साउण्ड अफÞ मेटल’बाट रिज अहमद, ‘माँ रेनीज ब्ल्याक बटम’बाट चेडविक बोसमेन’, ‘द फादर’बाट ‘एन्थनी हपकिन्स’, ‘म्याक’बाट गेरी गोल्डमेन’ र ‘मिनारी’बाट स्टील येउन मनोनयनमा थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : ०९ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको