कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ ।

गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

सभा समारोह र भेला नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र  भेला आयोजना नगर्न आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड–१९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न छ बुँदे निर्देशन जारी गरेको छ ।

प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ ।

यसैगरी क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ ।

मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ४५ बजे

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन

अमेरिकी व्यवसायीले अर्थमन्त्रीसँग भने – हाम्रा धेरै लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्

काठमाडौं– अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

‘धेरै अमेरिकी कम्पनीले ठूलो लगानी नेपालमा ल्याउन चाहेका छन्’

काठमाडौं- अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ