कसैले 'धारे हात' लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

कसैले ‘धारे हात’ लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले ‘धारे हात’ लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले विश्वास गरेका प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन् ।

उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणा राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चूनौती दिए ।

केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले उल्लेख गरे ।

पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिर गरे ।

नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए ।

उनले ढाडमा टेकेर टाउकोमा हान्न पल्केकाहरुलाई पराजित गर्दै पार्टीलाई मजबुद्ध ढंगले अघि बढाइने धारणा राखे ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको बताए । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको दाबी गरे ।

कार्यक्रममा सो पक्षका नेताहरुले अव संसदबाट डटेर अघि बढ्ने र मुलुकलाई लोकतन्त्रको बाटोमा अघि बढाइने बताएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १९ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास