नेपाल इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान | Khabarhub Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३५ औं वर्ष पूरा गरेको छ ।

बैंकले उक्त अवधिमा ग्राहकहरुको निरन्तर विश्वास प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको जनाएको छ ।

हाल देशभर बैंकको नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउन सफल भएको छ ।

बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । त्यस्तै, बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ। सोही अवधिमा २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज मुनाफा गरेको हो।

बैंकले आगामी दिनमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोल्दै ग्राहक संजाललाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ३ : ३५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम