बी डिभिजन लिग फुटबल : सातदोबाटोसँग खुमलटार पराजित | Khabarhub Khabarhub

बी डिभिजन लिग फुटबल : सातदोबाटोसँग खुमलटार पराजित


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो ।

सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक-एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक-एक गोल फर्काए ।

जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : ५८ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान