कार्बन सञ्‍चितिबापत नेपालले पाँच अर्ब रुपैयाँ पाउने | Khabarhub Khabarhub

कार्बन सञ्‍चितिबापत नेपालले पाँच अर्ब रुपैयाँ पाउने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करिब पाँच अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर) पाउने भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्ने भएको हो ।

सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ ।

बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : १० बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित