पाकिस्तान सरकार आफ्नै षड्यन्त्रमा फसेको बिपक्षी नेतृको आरोप | Khabarhub Khabarhub

पाकिस्तान सरकार आफ्नै षड्यन्त्रमा फसेको बिपक्षी नेतृको आरोप


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको विपक्षी दल पाकिस्तान मुस्लिम लिग (पीएमएल) एन की उपाध्यक्ष मर्यम नवाजले विपक्षी विरुद्धको षडयन्त्रमा सरकार आफै फसेको बताएकी छन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफलाई विभिन्न मुद्दामा फसाउन खोजीरहेको प्रधानमन्त्री इमरान खानको सरकार आफैं भ्रष्ट्रचार र आर्थिक अनियमितताको मुद्दामा मुछिएको मर्यमले बताइन।

उपाध्यक्ष मर्यमले हालै बेलायतमा फेला परेको शंकास्पद बैंक खाततर्फ इंकित गर्दै सरकारको इमरान खान सरकारकै संलग्नता रहेको आरोप लगाएकी हुन। पाकिस्तानमा ब्रोडसिट एलएलसीले बेलायतमा १ अर्ब अमेरिकी डलर बराबरको शंकास्पद बैंक खाता फेला परेको खुलासा गरेपछि यसको थप छानबीन भइरहेको छ।

ब्रोडसीट एलएलसीले नेताहरुले अमेरिका, बेलायत र एसियाली देशहरुमा राखेको अबैध बैंक खाताहरुबारे छानबीन गर्ने गरेको छ । बिपक्षीका नेताहरु बिरुद्ध भ्रष्ट्रचारको मुद्दा लागीरहेको बेला उपाध्यक्ष मर्यमले आफुहरुसँग सरकारले जवाफदेहि नबनी बदला साँधिएको बताएकी हुन् ।

उनले आफुहरुबिरुद्धको झुटो मुद्दाहरु एकदिन खारेज हुने र आफ्नो पार्टी विजयी हुने समेत बताइन। पाकिस्तानमा प्रधानमन्त्री खानको सरकारले विपक्षी दलका नेताहरुबिरुद्ध भ्रष्टाचार जस्ता बिषयमा मुद्दा लगाइरहेको छ भने विपक्षीले सरकार चरम भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै आएका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ४७ बजे

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार