यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ  « Khabarhub

यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ 


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यातायात कार्यालय जनकपुरधाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी कार्यालय सहयोगी र एक जना ‘दलाल’लाई ३ लाख बढी घुस रकमसहित पक्राउ गरेको छ ।

मंगलबार अख्तियारको टोलीले विभागमा छापामारेको हो । छापाका क्रममा घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र दलाल राजकिशोर भगतलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कार्यालय सहयोगी कापरहो साथबाट २ लाख ५० हजार ८ सय २० रुपैयाँ र भगतको साथबाट ५० हजार रकम बरामद भएको अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीले जानकारी दिए ।

उनीहरुको साथबाट चालक अनुमति पत्र लिनका लागि दिइने परीक्षाको प्रवेशपत्र र केही कागजात समेत फेला परेको उनले बताए ।

यातायात व्यवस्था विभाग धनुषाका छैटौँ तहका कर्मचारी तेजेन्द्र गिरी भनिने अनिल गिरीले कार्यालय सहयोगीमार्फत दलालसँग घुस लिन पठाएको सूचनाको अधारमा अख्तियारले छापा मारेको जनाएको छ ।

उनले दलालसँग केही दिन अगाडि चार पाङग्रे सवारी (स्काइभेटर, डोजर)को चालक अनुमति पत्र बनाइदिने भन्दै कार्यालय सहयोगी कापरलाई दलालभगतसँग घुस रकम लिन पठाएको सूचनाका अख्तियारले प्राप्त भएको थियो ।

घुस रकम माग गरेका मुख्य योजनाकार तेजेन्द्र गिरी भनिने अनिल गिरी फरार भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : १४ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी