ग्लोबलआइएमई बैंकले पाल्पाको हुमिनमा थाल्यो नयाँ शाखारहित बैंकिङ्ग सेवा | Khabarhub Khabarhub

ग्लोबलआइएमई बैंकले पाल्पाको हुमिनमा थाल्यो नयाँ शाखारहित बैंकिङ्ग सेवा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५पुगेको छ ।

बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङ्गसिंग पोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरे । शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा बिष्णु बहादुर बोम्रेल नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /NCELL/DISHHOME/CDMA/UTLको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : ०६ बजे

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका