एक ब्राह्मण बडो कर्मकाण्डी थिए । बिहानको समय पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । वृद्धावस्थामा जब उनी रोगी भए उनी अन्त्य नजिक पुगे तब उनले सोचे, मर्नु अगाडि एक घुट्को गंगा जल पिउनुपर्यो, यसले मैले जानी नजानी गरेका सबै पाप पखालिने छन् । साथै मोक्ष पनि प्राप्त हुनेछ ।
अचानक कबीरदास घुम्दाघुम्दै ती ब्राह्मणको घरमा पुगे । ब्राह्मणको हालचाल सोधेर उनले उनको सेवा गर्ने इच्छा प्रकट गरे ।
ब्राह्मणले द्रवीभूत भएर भने, छोरा, मलाई कसैको सेवाको आवश्यकता छैन । बस तिमीले मलाई एक लोटा गंगाजल ल्याइदेऊ । म मर्नु अगाडि गंगाजल ग्रहण गरेर पापमुक्त हुन चाहन्छु ।
कबीरदास गएर आफ्नो लोटामा गंगाजल लिएर आए । यो देखेर ब्राह्मणले भने, तिमीलाई आफ्नो लोटामा गंगाजल ल्याउन कसले भन्यो ? जुलाहाको लोटाले गंगाजल ग्रहण गरेर म पापमुक्त हुन सक्दिनँ उल्टो आफ्नो धर्म पनि भ्रष्ट हुनेछ ।
कबीरदासले शान्त स्वरमा भने, पण्डितजी, जब गंगाजलले एउटा जुलाहाको लोटालाई पवित्र बनाउन सक्दैन भने त्यो गंगाजलबाट तपाईं कसरी पापमुक्त हुन सक्नुहुन्छ ।
ब्राह्मणले कबीर दासको यो प्रश्नको जवाफ दिन सकेनन् । उनी एकटक लगाएर उनको मुख हेर्न थाले ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया