सेयर बजार : ८७ अंकको वृद्धि, ४ अर्ब ३० करोडको कारोबार | Khabarhub Khabarhub

सेयर बजार : ८७ अंकको वृद्धि, ४ अर्ब ३० करोडको कारोबार


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार नेप्से साताको दोस्रो दिन सोमबार उच्च अंकले उकालो लागेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सोमबार २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबार भएको छ । यसबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सोमबार तीन दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ । बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ ।

यस्तै दिब्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र युनिभर्सल पावरको सेयर मूल्य पनि ठिक १० प्रतिशतले बढेको छ ।

यस्तै युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ ।

युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ ।

समूहगत सूचकमा जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ ।

सोमबार १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो ।

बजार अस्वाभाविक वृद्धि गर्ने बैंकहरूको प्रयासमा राष्ट्र बैंकले सर्किट लगाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : ५९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम