प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष « Khabarhub

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका न्यायाधीशहरुको बैठकले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटी मार्ग प्रशस्त आग्रह गर्ने सहमति पनि गरेका छन् ।

प्रधानन्याधीश र बिदामा रहेका न्यायाधीशबाहेक सबै न्यायाधीशहरूको बैठकले राणाले राजीनामा दिनुपर्ने निचोड निकालेको हो । बिदामा बसेका न्यायाधीशले पनि उक्त निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, सपनामल्ल प्रधान, तेजबहादुर केसी, कुमार चुडाल र नहकुल सुवेदी बिदामा छन् । उनीहरु सबैले सामूहीक निर्णयमा ऐकेबद्धता जनाउँदै प्रधानन्याधीश राणाले राजीनामा दिनुपर्ने जनाएका छन् । सर्वोच्चमा बिबाद बढेपछि सिन्हा र प्रधान बिदा छोट्याएर बुधबार काठमाडौँ फर्कदैछन् ।

वरिष्ठत न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी बैठकले सर्वोच्च अदालतको संकटमा प्रधानन्यायाधीश स्वयंले राजीनामा गरी निकास दिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानन्याधीस राणाले तोकेको इजलासमा सहभागी नभएर बैठक बसेका उनीहरु फुलकोर्ट बैठकमा पनि नजाने भएपछि सो बैठक अनिश्चित भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : ३६ बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,