एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा « Khabarhub

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।”

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताएकी छन् ।

यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् । उनले भनिन्, “महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।”

अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन्।

आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : १० बजे

काठमाडौंमा बालेनको अग्रता बढ्दै : स्थापित भन्दा सिंह ११ सय मतले अगाडि

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले

स्वतन्त्रको जितमा राजनीतिक दलले देखेको जोखिम

स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। महानगरपलिका र केही उपमहानगरपलिकाबाहेका

आँधीले दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन

ओटावा – क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा भीषण आँधीले दक्षिणी

बार्सिलोना अन्तिम खेलमा पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु

अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी शपथ लगत्तै जापान जाँदै

सिड्नी – एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका