भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ? | Khabarhub Khabarhub

भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ?


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस् नेपाली बजारमा ल्याएको छ।

यो युथओरिएन्टेड वाई सिरिज्अन्तर्गत उत्पादनमा ल्याइएको हो जसमा ६४ एम्.पी. रियर क्यामेरा समेत छ । यो स्मार्टफोनमा आई अटोफोकस् विशेषता र सफा फोटो खिच्ने क्षमता छ ।

कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।

यसमा ६० हर्ज रिफ्रेस रेट सहितको ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकोर मिडियाटेक हेलियो जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री लगायतका मुख्य फिचर छन् । कम्पनीले यो फोनमा थप ३ जीबी भर्चुअल र्‍याम थप्ने सुविधा दिएको छ ।

गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकसका साथ आएको छ ।

आइ अटोफोकस प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय फोटो र भिडियाे तयार पार्ने कम्पनीले जनाएको छ । फेस डिटेक्सन अटोफोकस प्रविधिले सव्जेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्दछ ।

यसमा भएको सुपर नाइट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ । साथै मधुरो प्रकाश भएको ठाँउमा औरा स्क्रिन लाइटको मद्दतले उज्यालो बढाउँदै लगेर आवश्यकता अनुसार प्रकाश सन्तुलनमा राखी फोटो लिन पनि सकिन्छ ।

वाई ५३एसमा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरि अल्ट्रा-स्टेवल भिडिओ फिचर समावेश गरिएको छ, जसले भिडिओ खिच्दा अल्ट्रा-स्टेवल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३एस सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।

भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै ¥याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो फोनले रेड्मी नोट १० प्रो म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएको छ । नेपाली बजारमा यसको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

भिभो वाई ५३एसको बजार शुभारम्भको अवसरमा आफ्नो धारण राख्दै नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरवको अनुभव भएको सुनाए ।

‘यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचि अनुसार आई अटोफोकस र सुपर नाइट क्यामेरा वाई ५३एसमा समावेश गरेको छ । हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो ।’ उनले भने ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : २२ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले