महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत | Khabarhub Khabarhub

महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा सहकार्यको सहमति भएको हो ।

“महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा दुवै पक्षले आपसी सम्बन्धका समग्र पक्षबारे जानकारी लिनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे विचार आदानप्रदान गरेका थिए । प्राविधिक सहयोग, व्यापार तथा लगानी, पर्यटन र संस्कृति, शिक्षा तथा जनता–जनताबीचको सम्बन्धबारे पनि बैठकमा विचारविमर्श भएको थियो ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र थाइल्याण्डको प्रतिनिधित्व त्यहाँको परराष्ट्र मन्त्रालयका स्थायी सचिव थानी थोङपाक्दीले गरेका थिए । महामारीविरुद्ध लड्न थाइल्याण्डलले नेपाललाई औषधि एवं उपकरण सहयोग गरेकामा सचिव पौड्यालले थाइल्याडको राजपरिवार, परराष्ट्र मन्त्रालय, भिरापुचोङ प्रतिष्ठान र लुम्बिनीस्थित शाही थाई विहारप्रति नेपाल सरकारका तर्फबाट आभार प्रकट गरे ।

दुई देशबीचको आर्थिक साझेदारीमा जोड दिँदै परराष्ट्र सचिव पौड्यालले नेपालमा वैदेशिक लगानीको वातावरण बनाउन नेपाल सरकारले शुरु गरेका नीतिगत, कानूनी, संस्थागत एवम् प्रक्रियागत सुधारबारे जानकारी दिएका थिए । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विम्स्टेक)मार्फत क्षेत्रीयस्तरमा पनि सहयोग प्रवर्द्धन गर्नेबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकाल, परराष्ट्र, अर्थ, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

थाई प्रतिनिधिमण्डलमा त्यहाँको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सहयोगका लागि थाई नियोगका उच्च अधिकारी सहभागी थिए । संयुक्त आयोगको छैटौँ बैठक दुवै पक्षलाई सहज हुने मितिमा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४