एनएमबी लघुवित्तले शुरु गर्‍यो क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली | Khabarhub Khabarhub

एनएमबी लघुवित्तले शुरु गर्‍यो क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनएमबी लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ ।

यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटर अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पु¥याउनेछ । यसले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको हो । यो स्वायत्त प्रणाली सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटर मानकीकरणको रूपमा पनि रहेको छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ०३ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा