साथीको हत्या आरोपमा दुईजना पक्राउ | Khabarhub Khabarhub

साथीको हत्या आरोपमा दुईजना पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिकार खेल्न जाँदा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले मोरङ केराबारीबाट दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा गजेन्द्र राई र रूवीन लिम्बु छन् । प्रहरीले उनिहरुका साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङका अनुसार सिकार खेल्ने क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय हस्तबहादुर राई रहेका छन् ।

गत वैशाख ९ गते राईसहित सोही स्थान बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ सिकार खेल्न गएका थिए ।

रातको अन्दाजी ९ बजे सिकार खेल्न गएका उनीहरुमध्ये गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागेर हस्तबहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : ५८ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्