फ्रेन्च लिग वान : एम्बाप्पेको २ गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : एम्बाप्पेको २ गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पीएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेले खेलको चौथो र ५९औँ मिनेटमा गोल गरे । अर्को गोल माउरो इकार्डीले खेलको ८९औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसैगरी मेट्जका लागि एक गोल फाबिएन सेन्टोनजले खेलको ४६औँ मिनेटमा फर्काएका थिए ।

जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीको ३४ खेलमा ७२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिलेको ३३ खेलमा ७० अंक रहेको छ ।

त्यसैगरी हार बेहोरेको मेट्जको भने ३४ खेलमा ४३ अंक छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन