ज्योति विकास बैंकले रूपन्देहीमा सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी | Khabarhub Khabarhub

ज्योति विकास बैंकले रूपन्देहीमा सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले क्युआर कोडबाट भुक्तानी सुरु गरेको छ। बैंकले बिहीबार रूपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवा सुरुवात गरेको हो।

अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दा बढी क्युआर कोड वितरण गरेको छ।

क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी सिधैं आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने छ।

बैंकले देशका विभिन्न स्थानमा व्यवसायीलाई प्रदान गरेको क्युआरकोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : १५ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको