रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप (पूर्णपाठ) « Khabarhub

रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप (पूर्णपाठ)


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै स्पष्टिकरण पठाएका छन् ।

पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् ।

रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् ।

रावलले ओलीलाई साबिक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको होइन ? भन्दै प्रश्न उठाएका छन् । रावललाई पार्टीले महाधिवेशन आयोजक समिति सदस्यका रुपमा स्पष्टिकरण मागेको थियो । तर उनले आफूलाई उपाध्यक्षकै रुपमा पेश गरेका छन् ।

आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको आरोप तथ्यहीन भएको बताएका छन् । उनले आफूमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपलाई झुटो भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?’

यस्तो छ रावलको जवाफको पूर्णपाठ

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ८ : २७ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु