'सी अफ जापान' मा उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार | Khabarhub Khabarhub

‘सी अफ जापान’ मा उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

केही दिन अघिमात्र छोटो दूरीको मिसाइल प्रहार गरेको उत्तर कोरियाले बिहीवार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिक इन्टेलिजेन्स एसेस्मेन्टका उच्च अधिकारीहरुले यसबारे पुष्टि गरेको सीएनएनले जनाएको छ।

जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलोपटक मिसाइल प्रक्षेपण गरेको हो ।

यस घटनाले बाइडेन प्रशासनका लागि चुनौती पनि थपिदिएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन ।

सी अफ जापान क्षेत्रमा प्रहार गरेको भनिए पनि जापानी पक्षले मिसाइलको अंश आफ्नो जल क्षेत्रमा नखसेको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम