विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी | Khabarhub Khabarhub

विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियम विजयी भएको छ ।

बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ ।

बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो ।

बेल्जियमको जितमा केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता वेल्सले बनाएको थियो । खेलको ११औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २२औँ मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए ।

२८औँ मिनेटमा हाजार्डले गोल गरेपछि बेल्जियमले २-१ को अग्रता बनायो । ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘ई’ को बेल्जियमले ३ अंक जोडेको छ । बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : १५ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको